१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ३ मंगलबार १२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस प्रवक्ता भन्छन्– प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रतिबद्धता जनाएका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १२:२२:oo

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेका बताएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिबद्धता गरेका उनको भनाइ छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महतले समग्र देश र संसद्को प्रतिनिधित्व गर्नुपर्ने भएकाले सो पदहरूको निर्वाचन दलहरूबीचको साझा सहमतिमा हुने प्रतिबद्धता प्रधानमन्त्रीले नेपाली कांग्रेससँग गरेका बताए ।

विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरू देखिएको भन्दै त्यस्तो हुन नदिन पनि आफ्नो पार्टीले राष्ट्रपतिसहित राज्यका माथिल्लो संस्थाहरूको नेतृत्व चयन दलीय सहमतिमा नै हुनुपर्ने प्रस्ताव कांग्रेसले अघि सारेको उनले स्पष्ट पारे । सभामुख, उपसभामुख र राष्ट्रपति, उपराष्ट्रपति महत्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरूले साझा दृष्टिकोण बनाउन जरुरी रहेको उनले तर्क गरे ।

‘राष्ट्रपति, उपराष्ट्रपति संस्थाको पनि ठूलो महत्व छ । र, खास गरेर अहिलेसम्म जसरी राष्ट्रपतिको पदको सदुपयोग, दुरुपयोग जे–जस्तो हुँदै आएको छ । त्यसले गर्दा पनि यसको महत्व झनै बढाएको छ । यसले दुरुपयोग गर्ने सम्भावनाप्रति पनि प्रशस्त संकेत पछिल्लो राष्ट्रपति कार्यकालमा देखिएको छ । त्यस अर्थमा पनि यो महत्वपूर्ण छ,’ प्रवक्ता महतले भने ।

ad
ad
ad
ad