विशेषगरी, शरीरलाई तातो हुने खालको पहिरन छनोट गर्नुपर्छ । हावा नछिर्ने खालका पहिरन छनोट गर्दा राम्रो हुन्छ ।
पातलो शरीरमा फिटिङ कोट नै लगाउँदा अझ राम्रो देखिन्छ ।
‘स्टाइलिस’ देखिने नाममा टाइट लुगा लगाउनुहुँदैन । धेरै बाक्लोभन्दा पनि न्यानो हुने डाउन ज्याकेट, फिदर ज्याकेट, लङ आउटर कोट लगाउन सकिन्छ ।
कपडामा आफ्नो रुचिअनुसारको रङका पहिरन लगाउँदा हुन्छ । जिन्स पाइन्टमा ज्याकेट वा कोट, ऊनी स्वेटर, कलरफुल मफलर, पन्जा, टोपीलगायतले स्टाइलिस देखाउँछ ।
टिनएजर र युवतीहरूका लागि लङ कोट जाडोमा उपयुक्त हुन्छ । विशेषगरी, मोटो कटन, उलन र पस्मिनाका कोट लगाउने चलन पनि छ । घुँडाभन्दा माथिसम्म आउने कोट लगाउँदा पनि राम्रो देखिन्छ । उलनको टोपी पनि धेरै स्टाइलमा पाइन्छन् । तपाईंले आफूलाई मन पर्ने टोपी छान्न सक्नुहुन्छ ।
मोटो शरीर भएकालाई धेरै लुगा लगाउँदा थप मोटो देखिन्छ । त्यसैले हाफ नेक भएको उलनको स्वेटर कोटभित्र लगाउँदा राम्रो हुन्छ ।
लङ कोट वा ज्याकेटमा मफलर, बुटजुत्ता लगाउँदा सुन्दरता बढाउँछ । बजारमा धेरैखाले स्टाइलिस बुटहरू पाइन्छन् ।