१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १ आइतबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत, चीन र अमेरिकाद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १ आइतबार १७:१८:००

पोखरामा भएको विमान दुर्घटनाप्रति भारत, चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन्।

काठमाडौंबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो। विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए।

यहाँस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत उक्त दुःखद दुर्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ।

यसैगरी, चिनियाँ राजदूत छेन सोङले ट्विट गर्दै विमान दुर्घटनाले निकै स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा नेपाली जनताका साथमा रहेको बताएका छन्। 

यस्तै, भारतीय विदेशमन्त्री डा एस जयशंकरले पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा विदेशमन्त्री जयशंकरले पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।