१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Wednesday, 26 June, 2024
मनीष खड्का रुकुम पश्चिम
२o७९ पौष २९ शुक्रबार १५:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नेपाली नागरिकता लिन खोज्ने भारतीयसहित दुईजना पक्राउ 

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १५:२७:oo

नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीय नागरिकसहित दुईजना पक्राउ परेका छन्। भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षीय गणेश नेपाली भनेर चिनिने व्यक्ति र रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– १० का २६ वर्षीय मोतीराम मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले स्थानीय रत्ने दमाईंलाई रक्सी खुवाई झुक्याएर नागरिकता बनाउन खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । दमाईंलाई रक्सी खुवाएर पूर्णबहादुर नेपालीको छोरा हो भन्न लगाई बाँफीकोट गाउँपालिका वडा नम्बर १० को कार्यालयमा जन्मदर्ता गरी नागरिकताको प्रमाणपत्रका लागि सिफारिस बनाउन लगाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

पुस २५ गते वडामा जन्मदर्ता गरी नागरिकता सिफारिसका लागि उनीहरू पुस २६ गते जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार शंकास्पद लागेपछि सोधपुछ गर्दा गणेश नेपाली भनिने व्यक्ति भारतीय नागरिक रहेको र उनलाई नेपाली नागरिकताका लागि मोतीराम मल्लले सहयोग गरेको खुलेको थियो । त्यस्तै, बाबु भनेर उल्लेख गरिएका पूर्णबहादुर नेपालीको मृत्यु भइसकेको पाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

उनीहरूविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नागरिकताका सम्बन्धमा कडाइ गरिरहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । विभिन्न समस्याहरू देखिन थालेपछि जनप्रतिनिधिहरूसँग समेत छलफल बढाइएको र राम्ररी बुझेर सिफारिस गर्न आग्रह गरिरहेको उनको भनाइ छ ।

जन्मदर्तामा किर्ते हस्ताक्षरका आरोपित दुईजना धरौटीमा रिहा
यसैबीच जन्मदर्तामा किर्ते हस्ताक्षर गरेको आरोप लागेका दुईजना धरौटीमा रिहा भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका– ५ रगालगाउँका १९ वर्षीय चन्द्रबहादुर मल्ल दुई लाख र सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी गोविन्द विक एक लाख ५० हजार धरौटीमा रिहा भएका हुन् । यही घटनामा संलग्न आठबिसकोट– ४ का मरिचमान विष्ट भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मल्लले आफ्नो जन्मदर्तामा स्थानीय पञ्जिकाधिकारीको हस्ताक्षर नभएपछि विष्टलाई किर्ते हस्ताक्षर गर्न लगाएका बताइएको छ । तत्कालीन पञ्जिकाधिकारीको हस्ताक्षरको फोटो खिचेर कार्यालय सहयोगी विकले मल्ललाई पठाइदिएका थिए । शंकास्पद लागेपछि सोधपुछ गर्दा किर्ते हस्ताक्षर गरेको पाइएपछि उनीहरूलाई प्रहरीले गत मंसिर २८ गते पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानपछि पुस २३ गते मुद्दा जिल्ला अदालतमा बुझाइएको थियो । अदालतले पुस २५ गते उनीहरूलाई धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ad
ad
ad
ad