१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २८ बिहीबार १o:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जनसंख्याको ७ प्रतिशतभन्दा बढी नेपाली मुलुकबाहिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १o:१८:oo

नेपालको जनसंख्याको ७ प्रतिशत नागरिक देशबाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०२१ को प्रारम्भिक तथ्यांकले २१ लाख नागरिक मुलुकबाहिर रहेको देखाएको छ ।

अध्ययनको सिलसिलामा मात्रै चार लाख १६ हजार तीन सय ६४ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका छन् । आइओएम तथ्यांकअनुसार प्रकाशित विश्व माइग्रेन रिपोर्ट २०२२ ले विश्वभर २८ करोड ५९ लाख मानिस आप्रवासी श्रमिक रहेको देखाएको छ । 

त्यस्तै, वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आव ०६५/६६ देखि ०७८/७९ सम्ममा वैदेशिक रोजगार विभागबाट ५० लाख आठ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा महिलाको संख्या दुई लाख ८६ हजार दुई सय ४२ छ ।