१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Wednesday, 03 July, 2024
रासस कपिलवस्तु (बुद्धभूमि)
२o७९ पौष २७ बुधबार १o:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

Read Time : > 1 मिनेट
रासस, कपिलवस्तु (बुद्धभूमि)
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार १o:५८:oo

कपिलवस्तु नगरपालिका– ९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ । वैशाख, जेठलाई लक्षित गरी उनले तरकारी लगाउन थालेका छन् । 

बरई आफूले गरेको मिहिनेत देखेर जसरी खुसी देखिन्छन् उत्तिकै बढी चिन्ता बजार मूल्यको छ । ‘अहिलेसम्म पर्याप्त मल पाइएको छैन, बिउबिजन पनि गुणस्तरहीन हुँदा आपत उस्तै छ,’ उनले गुनासो गर्दै भने, ‘किसानको जीवन सधैँ चिन्तामा बित्ने भयो ।’ बरई पुर्खाले नै गर्दै आएको तरकारी खेती अँगाल्न पुगेका हुन् । 

बुबाले गर्दै आएको तरकारी खेती आफूले पनि अँगालेको उनले बताए । ‘म ४० वर्षको भएँ, यही तरकारी खेतीबाहेक दायाँबायाँ लागेको छैन,’ उनले भने ।  पुर्खौँदेखि तरकारी खेती गरे पनि उहाँको जीवन भने फेरिएको छैन । घरको स्थिति विगतजस्तै छ । छोराछोरी सरकारी विद्यालयमा जसोतसो पढ्न पाएका छन् । ‘तरकारी खेती गरेर जीवन कहिले फेरिने हो, म त सपना देख्छु,’ उनी भन्छन् । 

अर्का किसान श्रीप्रसाद मौर्याले पनि व्यावसायिक तरकारी खेती गर्न लागेको तीन दशक बढी भएको छ । १५ कट्ठा क्षेत्रफलमा मौर्याले तरकारी खेती गर्दै आएका छन् । बाह्रै महिना तरकारी फलाउने मौर्याको जीवन बरईको जस्तै छ । ‘वर्षभरि तरकारी खेती गर्‍यो, आम्दानी सापोनापो उही हुन्छ,’ उनले भने, ‘तरकारी फलायो–फलायो मूल्य पर्दैन, समयमा मल पाइँदैन, बीचमा बिचौलिया हाबी हुन्छन्, लगानी पनि उठ्न सक्दैन ।’

अहिले बजारमा पाइने सबैथरीका मौसमी तरकारी उनले उत्पादन गरेका छन् । तर, उनको मनमा खुसी भने छैन । भारतबाट चर्को मूल्यमा मल ल्याउनुपर्ने अवस्था भएको उनको गुनासो छ । जसोतसो उत्पादन गरेको तरकारी पनि बजारसम्म पुर्‍याउन निकै कठिन भएको उनी बताउँछन् ।बरई र मौर्याका जस्तै यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको सामूहिक समस्या हो । जिल्लामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसानले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा मलखाद र बिउ नपाइनु, सिँचाइ सुविधा अभाव हुनु, बिक्री केन्द्र नहुनु र बीचमा बिचौलिया हाबी हुँदा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान मर्कामा छन् । 

कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार पछिल्लो समय व्यावसायिक तरकारी खेती गर्ने किसानको संख्यामा वृद्धि भएको छ । जिल्लाका साविक धनकौली, निग्लिहवा, विजुवा, नन्दनगर गाविस, कपिलवस्तु नगरपालिका वडाको वडा नं. ३, ४, ५, बुद्धभूमि नगरपालिकाको बुड्ढी, शिवराज नगरपालिकाको शिवपुर, चन्द्रौटा, वाणगंगा नगरपालिकाको मोतीपुरलगायतका स्थानमा व्यावसायिक तरकारी खेती हुँदै आएको कार्यालयले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा बजारीकरण भएको कारण किसानले उत्पादन गरेको तरकारी सजिलै बिक्री हुने गरे पनि दक्षिणी क्षेत्रका किसान मर्कामा पर्ने गरेका छन् । भारतीय सीमाबाट दैनिक भित्रने तरकारीले बजार ढाक्दा नेपाली किसान मर्कामा परेका हुन् । भारतको भन्दा नेपालको तरकारी महँगो हुने किसान बताउँछन् ।

ad
ad
ad
ad