१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २७ बुधबार १o:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकतामा दोस्रो श्रीमानकाे नाम राख्ने बढे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार १o:२९:oo

रोल्पामा दोस्रो  श्रीमानकाे नामबाट नागरिकता लिने महिलाको संख्या बढ्दै गएकाे छ । जिल्लामा सम्बन्धविच्छेदको संख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको संख्या पनि बढेकाे हाे ।

पहिलो श्रीमानबाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानकाे नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् । जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानकाे नाम हटाई दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो ।

सो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कुल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो । जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमानकाे नाम हटाई दोस्रो श्रीमानकाे नाम कायम गर्ने गरी आउने गरेका छन् ।

‘जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै स्थानीय तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमानकाे नाम हटाई दोस्रो श्रीमानकाे नाम कायम गर्नेको संख्या पनि बढिरहेको छ,’ प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने ।