मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २६ मंगलबार o८:o३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उच्च रक्तचाप र मधुमेह भएका ज्येष्ठ नागरिकलाई नि:शुल्क औषधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार o८:o३:oo

६० वर्षमाथिका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि दिने भएको छ । सत्तारूढ दलहरूले सोमबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा निरोगी नेपाल र स्वास्थ्यसम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्ने घोषणा गर्दै नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने जनाएको हो ।

‘निरोगी नेपाल, स्वस्थ नागरिक’को नारा समेटेको कार्यक्रमले सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउने, स्वास्थ्य बिमा सुविधा प्राप्त गर्ने सेवाग्राहीले भोग्नुपरेको झन्झट तत्काल हटाउने उल्लेख गरेको छ । 

यसबाहेक सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा निर्माणाधीन विशिष्टीकृत अस्पताल सम्पन्न गर्ने, महिनावारी हुने उमेर समूहका सम्पूर्णलाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक १५ सय उपलब्ध गराउने, प्रसूति हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गर्ने कार्यक्रमा समेटेको छ । 

दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नि:शुल्क आपत्कालीन उद्धार गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्सको व्यवस्था गर्ने, बालबालिकालाई पूर्णखोप सुनिश्चित गर्ने, चिकित्सकहरूको संख्या बढाउने, साप्ताहिक ४० घन्टाभन्दा बढी अवधि सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने र स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेसनल एक्रिडिटेसन अथोरिटी), रोग नियन्त्रण केन्द्र तथा खाद्य तथा औषधि नियमन प्राधिकरण बनाई स्वास्थ्य सेवाको नियमन गर्ने उल्लेख गरेको छ ।