मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार १६:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिबिआइएल क्यापिटलको अध्यक्षमा काफ्ले नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १६:५२:oo

सिबिआइएल क्यापिटल लिमिटेडको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन्। विशेष साधारणसभाबाट नियुक्त भएका सञ्चालकहरूमध्ये सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको तर्फबाट मनोनीत सञ्चालक सदस्य काफ्ले अध्यक्षमा नियुक्त भएका हुन्।

संस्थाको १०५औँ सञ्चालक समितिको बैठकले काफ्लेलाई अध्यक्षमा नियुक्ति गरेको हो। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यापारीहरूको सहलगानी रहेको छ।