मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २५ सोमबार १३:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवाले संसदमा भने– प्रधानमन्त्री बन्नुभएकोमा प्रचण्डजीलाई शुभकामना छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २५ सोमबार १३:४४:००

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । 

संसद् बैठकलाई सम्बाेधन गर्दै उनले भने, ‘प्रधानमन्त्री बन्नुभएकोमा प्रचण्डजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

उनले दुई वर्षअघि विशेष परिस्थितिमा आफू मुलुकको प्रधानमन्त्री बनेको र सो सरकारले संविधानको भावनाअनुरूप पूर्ण कार्यकालको सुनिश्चितता गरेको बताए । 

साथै, उनले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरे । 

‘तत्कालीन अवस्थामा संविधानको भावनाअनुरूप पूर्ण कार्यकालको सुनिश्चितता गर्नु दायित्व थियो । निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक बाटोमा अग्रसर बनाउनु चुनौती थियो । मैले त्यो चुनौती पूरा गरेँ,’ देउवाले भने, ‘स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र र भयरहित सफलतापूर्वक सम्पन्न गरेँ ।’ 

उनले आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त भएको भन्दै सबैकाे सहयोगमा निर्वाचन सम्पन्न गरेको बताए ।