मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ पौष २५ सोमबार १२:o४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेसमा जसपा दलको नेताका लागि राउत र यादवको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १२:o४:oo

जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेश संसदीय दलको नेताका लागि दुईजनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान प्रदेश सभामुख सरोजकुमार यादवले उम्मेदवारी दिएका हुन्।

जसपाले केन्द्रीय सदस्य लालकिशोर साहको संयोजकत्वमा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिले आज बिहान ११ बजेसम्म दलको नेताका लागि उम्मेदवारहरूको मननोयनपत्र दर्ताको समय तोकेको छ। ११ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, ३ः३० बजेसम्म नाम फिर्ता लिने र ४ बजेसम्म दाबी–विरोधका लागि समय निर्धारण गरिएको छ।

दिउँसो ४ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ देखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका छ। मतदान सम्पन्न भएलगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गरिने संयोजक साहले जानकारी दिए।