सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले सत्तागठबन्धनका शीर्ष नेतालाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ।
शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो।
कार्यक्रममा सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूको उपस्थिति थियो। साझा कार्याक्रममा आफ्ना माग समेटिएको भन्दै जसपा नेपालले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।