१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Saturday, 05 July, 2025
२o७९ पौष २१ बिहीबार २o:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लाको त्रिवेणीमा अटो दुर्घटना, दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार २o:२३:oo

जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तिला गाउँपालिका –३ त्रिवेणीमा दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको हो।

जुम्लाको बसपार्कदेखि रारालिहीतर्फ जाँदै गरेको क १ स ११ नम्बरको अटो अनियन्त्रित भई तिला नदीमा खस्दा तातोपानी– १ बाइराँका गाउँका २९ वर्षीय पुरन सार्की र तिला गाउँपालिका – ३ का २० वर्षीय आकाश थापाको मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार पुरन सार्कीको घटनास्थलमै मृत्यु भएको हो।

आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटना भएको अटो तिला गाउँपालिका–३ त्रिवेणीस्थित कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको जनाइएको छ।