मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १९ मंगलबार २१:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निष्क्रिय विधेयक अघि बढाउन राष्ट्रिय सभाका अध्यक्षको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १९ मंगलबार २१:३८:००

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पुगेर निष्क्रिय भएका विधेयकलाई अगाडि बढाउन सरकारसँग माग गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बालुवाटारमा भेटेर उनले प्रतिनिधिसभामा पेस भई निष्क्रिय भएका पाँचवटा विधेयकलाई पुनः राष्ट्रिय सभामै दर्ता गरी अगाडि बढाउन आग्रह गरेका हुन् । 

राष्ट्रिय सभामा उत्पत्ति भई लामो छलफलपछि पारित भएर प्रतिनिधिसभामा गएका नेपाल मिडिया काउन्सिल विधेयक, नीति अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए ।

सो अवसरमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष तथा रिक्त एक संसद्को चुनावबारे प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

राष्ट्रिय सभामा गत फागुनदेखि उपाध्यक्ष पद खाली रहेको छ भने एमालेका तर्फबाट सांसद रहेका खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट एक सांसद पद रिक्त छ ।