प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा आज दिउँसो साढे १२ बजे उनीहरूले शपथ लिएका हुन्।
७ पुसको शपथग्रहण समारोहमा छुटेका सांसदहरू आले र राईलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन्।