मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १९ मंगलबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक : रामचन्द्र पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार १२:५४:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तर्क्रियामा बोल्दै पूर्वसभामुख पौडेलले स्थायित्व र विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए। 

उनले पछिल्लो घटनालाई कांग्रेसको हातबाट सत्ता गएको रूपमा मात्रै नलिएको बताए। ‘व्यवस्थाको चिन्ता छ, स्थिरताको चिन्ता छ। अब सत्ता होइन, व्यवस्थाको चिन्ता गरौँ,’ उनले भने । 

महाभारतको कृष्ण र दुर्याेधनको युद्व रोक्ने अन्तिम संवाद स्मरण गर्दै पौडेलले दुर्योधनले भनेजस्तै अब ‘जे–जे हुन्छ, हुन्छ’ भन्ने हो वा स्थिति सुधार्ने प्रयत्न गर्ने भन्ने प्रश्न रहेको बताए। अझै पनि स्थायित्व र विकासका लागि प्रयत्न गर्नुपर्ने आफ्नो जोड रहेको उनको भनाइ थियो।

‘अहिले खतरनाक आर्थिक संकट, मन्दीहरू मडारिरहेको छ। चीनबाट उत्पत्ति भएको कोरोना नयाँ स्वरूपमा भारत हुँदै नेपाल आउँदै छ। विभिन्न समस्याले घेरिएका छौँ। यसको समाधान राष्ट्रिय सहमति हो। नेपाल र नेपालीको तथा ७० वर्षको संघर्षबाट ल्याएको परिवर्तन जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक छ,’ उनले भने।

यो व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति गरेर जानुपर्छ भन्ने आफूलाई लागेको पौडेलको भनाइ थियो।