१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

लेकसाइड मन पर्छ : सुविन भट्टराई

घुमघाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३५:oo

मलाई पोखरा निकै मन पर्छ । यो निकै सुन्दर छ । अधिकांशलाई पोखरा गइराख्ने ठाउँ त हो नि भन्ने लाग्छ । खै किन हो कुन्नि मलाई प्रत्येकपटक जाँदा पनि पोखरा बेग्लै अनुभूत हुन्छ । त्यसैले पोखरालाई रिफ्रेस गराउने ठाउँको रूपमा पनि लिन्छु । भर्खरै मात्र लिट्रेचर फेस्टिभलका दौरान त्यहाँ घुमेर आएँ । 

पोखरामा मिश्रित जीवनशैली देखिन्छ, जुन काठमाडौंमा देख्न पाइँदैन । त्यहाँ जानुअघि ‘एक्साइटमेन्ट’ नभए पनि ‘सेलिब्रेसन मुड’ दिन्छ । ‘होलिडे’ फिल गराउँछ । खानेकुराका भेराइटी पाइन्छन् । लेकसाइडका रेस्टुरेन्टमा बसेर फेवाताललाई नियाल्दै खाँदाको मजा बेग्लै छ । अर्काे, माछापुच्छ्रेको दृश्य हेर्न पाउँदा मन चंगा बनाउँछ ।

फेवातालको आँगनमा उभिँदा शान्त महसुस हुन्छ । रातमा उज्याला बत्तीले पनि मलाई निकै आकर्षित गर्छ । मलाई मन पर्ने अर्को ठाउँ झापा हो । यहाँका स–साना सहरमा गरिने यात्रा गज्जब लाग्छ । सजिलो पनि छ । यहाँका यातायातका साधन साइकल, रिक्सा र अहिले विद्युतीय रिक्सा हुन् । टेम्पो पनि चल्छ । 

ad
ad