१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Wednesday, 03 July, 2024
एजेन्सी नोमपेन
२o७९ पौष १५ शुक्रबार o९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

क्यासिनो आगलागीमा १९ को मृत्यु, ७० घाइते     

Read Time : < 1 मिनेट
एजेन्सी, नोमपेन
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार o९:१२:oo

 कम्बोडियाको एक होटेलको क्यासिनो भवनमा आगलागी हुँदा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले बिहीबार जनाएको छ । थाइल्यान्डको सीमानजिकै अवस्थित कम्बोडियाली सहर पोइपेटमा रहेको ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटेलमा राति आगलागी हुँदा अन्य ७० व्यक्ति घाइते भएका छन् । भवनमा फसेका पीडितहरूको खोजी जारी रहेकाले मृत्यु तथा घाइते हुनेको संख्या अझै थपिन सक्ने ब्यान्टिए मिन्चे प्रान्तका प्रवक्ता सेक सोखोमले बताएका छन् । 

उद्धारमा संलग्न कम्बोडियाली अधिकारीले क्यासिनोलाई आगोले लपेटेपछि त्यसबाट बच्न केही मानिस भवनबाट हामफालेका थिए । ‘आगोबाट बच्न हामफालेका दुईजनाको भुइँमा बजारिएर तत्काल मुत्यु भयो । हामफालेका अन्य पाँचजनाको खुट्टा भाँचिएको छ,’ अरन्याप्राथेट रेस्क्यु फाउन्डेसनका उद्धारकर्ता पिरापन श्रीसाकोर्नले भने । अनलाइनमा सेयर गरिएको भिडियो फुटेजमा विशाल कम्प्लेक्समा आगो लागेको देखिएको छ र केही क्लिपमा मानिसहरू जलिरहेको भवनबाट हामफालेको देखिन्छ ।

अधिकारीहरूले करिब सात सय थाई नागरिकलाई त्यहाँबाट उद्धार गरी अस्पताल पुर्‍याएको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागीको समयमा क्यासिनोभित्र थुप्रै विदेशी नागरिक थिए । ग्रान्ड डायमन्ड सिटी थाइल्यान्ड र कम्बोडियाली सीमामा सञ्चालित केही प्रसिद्ध क्यासिनो–होटेलमध्ये एक हो ।

ad
ad
ad
ad