मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १४ बिहीबार १२:२४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्योति विकास बैंकले ६ वटा अस्पताललाई दियो बेबी वार्मर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १२:२४:oo

ज्योति विकास बैंकले मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो । 

बाराको फेटा स्वास्थ्यचौकी, चितवनको खैरहनी नगर अस्पताल र बघौडा अस्पताल, रुपन्देहीको हर्नैया स्वास्थ्यचौकी, दाङको सिसहनिया स्वास्थ्यचौकी र कञ्चनपुरको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको बैंकले जनाएको छ ।

सम्बन्धित अस्पतालमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीले उक्त अस्पतालका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिमा बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरेको जनाइएको छ । ती अस्पतालमा डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको बैंकले जनाएको छ । 

बैंकले हाल देशभरमा एक सय २० शाखा कार्यालय, तीन विस्तारित काउन्टर र ७३ एटिएममार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।