१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १३ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १३ बुधबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

२४ पुसदेखि  एनभिए क्लब भलिबल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १३ बुधबार o९:१o:oo

सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २४ पुसदेखि १ माघसम्म आयोजना हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार आयोजित पत्रकार सम्मेलन प्रतियोगिताको तयारी र आयोजनाबारे जानकारी दिएको हो । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलामा आठ टोलीले सहभागिताका लागि निश्चितता जनाइसकेका छन् । संघका अनुसार १९ पुससम्म टोली दर्ताको समय रहेको छ । 

च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौँ आरबिबी एनभिए लिगमा प्रवेश पाउनेछन् । लिगकम नकआउटका आधारमा च्याम्पियनसिप हुनेछ । पुरुष र महिला दुवैतर्फका विजेताले समान चार लाख रुपैयाँ पाउनेछन् । उपविजेता हुने टोलीले दुई लाख प्राप्त गर्नेछ ।

यसैगरी, तेस्रो स्थानमा रहने टोलीले एक लाख पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधाका उत्कृष्ट रहने स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघले प्रतियोगिताको बजेट ४० लाख रुपैयाँ रहेको जनाएको छ । मुख्य प्रायोजक चौधरी समूहको वाइवाई डाइनमाइटले ३० लाख रुपैयाँ प्रदान गर्नेछ । 

ad
ad
ad
ad