१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १२ मंगलबार o९:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरेल बने मेगा बैंकको कामु सिइओ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार o९:१o:oo

मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा नियुक्त गरेको हो ।

पोखरेल विगत २७ वर्षदेखि नेपालको बैंकिङ सेवामा कार्यरत रहेको जनाइएको छ । उनी मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक भएको बैंकले जनाएको छ । बैंक सञ्चालनमा आउनुभन्दा अघि नै ०६७ साल वैशाख १ गतेबाट पूर्वसञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको उनले नै नेतृत्व गरेको जनाइएको छ । 

उनी मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सिइओ बनेको बैंकले जनाएको छ । उनले स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरूको विभागीय जिम्मेवारी वहन गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारीसमेत निर्वाह गरेको बैंकले उल्लेख गरेको छ । नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकका रूपमा करिब तीन दशकअघि वित्तीय क्षेत्रमा समावेश भएका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि प्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेको जनाइएको छ । 

श्रेष्ठलाई बिदाइ
बैंकले स्वैच्छिक अवकाश लिएकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले धन्यवादसहित बिदाइ गरेको छ । उनको सम्मानस्वरूप आयोजना गरिएको बिदाइ कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह तथा सञ्चालक समितिका सदस्यहरूले मेगा बैंक नेपाल लिमिटेडमा १३ वर्षभन्दा बढी अवधि सेवा गरेकी श्रेष्ठलाई बैंकको उन्नति, प्रगति तथा श्रीवृद्धिमा योगदान पुर्‍याएको भन्दै योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिएका छन् ।