१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ११ सोमबार o८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल इस्टर्न मंगलबारदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार o८:३२:oo

सिजनको दोस्रो सूर्य नेपाल इस्टर्न ओपन गल्फ मंगलबारदेखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सूर्य नेपाल गल्फ टुर २०२२–२३ सिजनको दोस्रो प्रतियोगिता धरान गल्फ क्लबमा हुनेछ ।

प्रतियोगितामा सूर्य नेपाल काठमाडौं ओपनका विजेता भुवन नगरकोटीसहित व्यावसायिक खेलाडी शुक्रबहादुर राई, जयराम श्रेष्ठ, मनी राई, सञ्जय लामा, धन थापालगायत सहभागी हुनेछन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता ५४ होलमा खेलाइनेछ । ३५ जना व्यावसायिक खेलाडीमध्ये ६ जना स्थानीय हुनेछन् । एमेच्योरतर्फ १५ खेलाडी छन् । प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख छ ।

उपाधि विजेताले १ लाख ४० हजार रुपैयाँ पुरस्कार पाउँदा उपविजेताले ९० हजार र तेस्रो हुनेले ६७ हजार पाउनेछन् । प्रतियोगिता आयोजनाका लागि ६० लाख खर्च हुने आयोजकले जनाएको छ । 

ad
ad
ad
ad