बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको राजीनामा स्वीकृत गरेका छन्। प्रदेश प्रमुख शर्माले नेपालको संविधानबमोजिम मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत गरेका हुन्।
पाण्डेको राजीनामा स्वीकृत भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोकिएको प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट विजयी भएका पाण्डेले बिहीबार मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए।