मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ८ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o७९ पौष ८ शुक्रबार o८:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन पुस १३ गते 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ८ शुक्रबार o८:५८:oo

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन आगामी पुस १३ गते हुने भएको छ । निर्वाचन प्रक्रियाका लागी बिहीबार तालिका सार्वजनिक गरिएको छ ।

बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि मिति तोकेर कार्यक्रम तालिका सार्वजनिक गरेको हो । निर्वाचन बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ ।

कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितिले संसदीय दलको कार्यालय, हेटौँडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको हो । समितिले पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरको छ । 

सार्वजनिक गरिएको तालिकाअनुसार पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने, सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीउपर दाबी–विरोध (छुट वा सच्याउने) र दाबी–विरोधउपर जाँचबुझ गरी दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिने उल्लेख गरिएको छ । 

यस्तै, पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । सोही दिन बिहान १०:३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारको मनोनयनउपर दाबी–विरोधका लागि बिहान ११ बजेदेखि ११: ३० बजेसम्मको समय निर्धारण गरिएको छ ।

यसैगरी, पुस १३ गते नै दिउँसो १२ बजे दाबी–विरोधउपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशनको गरिनेछ भने दिउँसो १२:३० बजेदेखि दिउँसो १:३० बजेसम्म उम्मेदवारले चाहेमा नाम फिर्ता लिने सक्ने व्यवस्था गरिएको छ । दिउँसो १:४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै दिनको २ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । 

प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी प्रदेशमा कुल ३७ सिट जितेको कांग्रेसको संसदीय दलको नेताका लागि बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले आकांक्षा देखाएका छन् ।