मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ८ शुक्रबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ८ शुक्रबार o६:३१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्यात झनै खस्कियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ८ शुक्रबार o६:३१:oo

वैशाखयता करिब आठ महिनासम्म केही विलासिताका वस्तु आयात प्रतिबन्धले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार ल्याएको भन्दै सरकार र नेपाल राष्ट्र बैंकले उपलब्धिको संज्ञा दिए । हुन पनि मासिक डेढ खर्ब रुपैयाँ नाघेको मासिक आयात घटेर एक खर्ब २७ अर्बसम्म पनि पुग्यो । तर, आयातसँगै घट्दो क्रममा रहेको निर्यातको तथ्यको विश्लेषणमा भने सरकारी निकाय मौन छ । 

सामान्य अवस्थामा पनि वर्षभरिको निर्यातले नेपालको एक महिनाको आयातसमेत धान्न सक्ने अवस्था छैन । तर, चालू आर्थिक वर्षको पाँच महिनाको निर्यात हेर्ने हो भने बाँकी महिनामा यस्तै अवस्था रहेको १५ दिनको आयात पनि मुस्किलले धान्ने आकलन गर्न सकिन्छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा ६७ अर्ब ३० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा यो ३४.६१ प्रतिशतले कम छ । गत आवको मंसिरसम्ममा एक खर्ब दुई करोडको वस्तु निर्यात भएको थियो ।

मासिक तथ्यांक केलाउँदा प्रत्येक महिना निर्यातको आँकडा संकुचित हुँदै गइरहेको देखिन्छ । साउनमा १४ अर्ब ८० करोडको सामान निर्यात भएकोमा मंसिरमा आइपुग्दा १२ अर्ब ५३ करोडमा खुम्चिएको छ । गत आर्थिक वर्षमा औसतमा मासिक आयात २० अर्बभन्दा माथिको थियो । चालू आवमा प्रत्येक महिना निर्यात घट्दै गइरहेको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पाँच महिनाको कुल निर्यातमा ५६.३४ प्रतिशत हिस्सा खानेतेलको थियो । अहिले यो अंश घटेर २६.५३ प्रतिशत कायम भएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा खानेतेलको मूल्यमा उतारचढाव आउन थालेपछि निर्यातसमेत खस्किँदै गइरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार मंसिरसम्म १७ अर्ब ८६ करोडको खानेतेल निर्यात भएको छ । गत आवको मंसिरसम्म ५७ अर्ब ९८ करोडको तेल निर्यात भएको थियो । 

यस्तै, विभागको तथ्यांकअनुसार मंसिर महिनामा मात्रै एक खर्ब ३२ अर्बको वस्तुको आयात भएको छ । गत कात्तिकमा एक खर्ब ३१ अर्बको आयात भएको थियो । चाडबाडका कारण भदौसम्म उच्च मात्रामा आयात भइरहे पनि असोजयता घटिरहेको थियो । मंसिर २९ पछि सरकारले केही वस्तुमा लगाएको आयातमाथिको प्रतिबन्धसमेत हटाइसकेको छ । जसले पुसमा वस्तु आयात बढ्ने र शोधनान्तरमा फेरि दबाब बढ्ने आकलन गरिएको छ ।