मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ पौष ७ बिहीबार २०:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शपथलगत्तै ‘एक्सन’मा सिके राउत

Read Time : < 1 मिनेट
२०७९ पौष ७ बिहीबार २०:२३:००

प्रतिनिधिसभा सदस्यको शपथ लिएसँगै जनमत पार्टीका अध्यक्ष डा‍. चन्द्रकान्त (सिके) राउतले विभिन्न क्षेत्रलाई पत्र काटेर पाँचबुँदे माग अगाडि सारेका छन्।

सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित डा. राउतले पाँचवटा विभिन्न क्षेत्रलाई पठाएको पत्रमा सप्तरीको शिक्षा, स्वास्थ्य, उद्योगसहितका क्षेत्रको विषयमा ध्यानाकर्षण गराएका हुन्। 

डा राउतले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, उद्योग तथा वाणिज्य मन्त्रालयका सचिवलाई पत्र पठाएका छन्। 

यस्तै, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक र साल्ट ट्रेङिड कर्पोरेसन लिमिटेडका प्रबन्ध सञ्चालकलाई पत्र पठाएको डा राउतको सचिवलयले जनाएको छ।

मलखाद्यको व्यवस्थापन गर्न साल्ट ट्रेङिङ र कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकलाई गजेन्द्रसिंह औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरू योजना र क्षमताअनुसार सञ्चालन गर्न पहल गर्न उद्योग तथा वाणिज्य मन्त्रालयलाई पत्र पठाएका छन्। 

उनले राजविराज–काडमाडौंको उडान वृद्धि तथा नियमितका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र पठाएर सेवा प्रभावकारी बनाउन आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पठाएको पत्रमा सप्तरीको गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल रेफर सेन्टरको रूपमा परिणत भएकोले स्वास्थ्य सेवालाई सुधार गर्न माग गरेका छन्। 

यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई पठाएको पत्रमा सप्तरी जिल्लामा ५५ प्रतिशत साक्षरता दर रहेको र जिल्ला साक्षरता घोषणा हुन नसकेकोले सघन रूपमा साक्षरता अभियान सञ्चालन गर्न उनले माग गरेका छन्।

सडक, सदन र सरकार तीनैवटा मोर्चाबाट संघर्ष जारी रहने र जनताको माग पूरा गराउने प्रतिबद्धता डा राउतले गरेको सचिवालयले जनाएको छ।