Skip This
‘राष्ट्रपतिका लागि मैले देखेका उत्तम पात्र, रामचन्द्र र माधव’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ७ बिहीबार १६:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘राष्ट्रपतिका लागि मैले देखेका उत्तम पात्र, रामचन्द्र र माधव’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार १६:१८:oo

अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुपर्ने बताएका छन्। 

बिहीबार शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका हुन्। 

उनले प्रधानमन्त्री प्रचण्डलाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए। उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने बताए। 

उनले भने, ‘अबको सरकारको नेतृत्व हुनेवाला प्रधानमन्त्रीले गर्नुहुन्छ। जसमा मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ। अरूको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ। नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाइ हो। राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ। वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ। राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ। मैले देखेका दुईजना हुनुहुन्छ, रामचन्द्र पौडेल र माधव नेपाल।’

अर्थमन्त्री शर्माले  आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने पनि दाबी गरे।