अस्पताल भर्ना गरिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ अवस्था बुझ्न सम्मानित नेता झलनाथ खनाल टिचिङ अस्पताल पुगेका छन् ।
त्यसक्रममा अध्यक्ष नेपाल र नेता खनालबीच केही समय कुराकानी भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।
छातीमा संक्रमण देखिएपछि नेपाललाई हिजो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ ।
अहिले नेपालको स्वास्थ्यमा सुधार आएको छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले बताएका छन् । ‘उहाँलाई ज्वरो सामान्य अवस्थामा छ । जाउलोलगायत खानेकुरा खान दिइएको छ,’ डा. दासले भने ।