एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । उनलाई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मंगलबार भर्ना गरिएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
नेपाललाई रुघाखोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएको छ । छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली नेपालको उपचारमा संलग्न छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझावअनुसार अस्पतालमा सबै भेटघाट बन्द गरिएको उनको सचिवालयले जनाएको छ ।