विश्वकपकै उत्कृष्ट गोलरक्षक बनेका इमिलियानो मार्टिनेजको एक अशोभनीय पोजले तहल्का मच्चाइरहेको छ । कतार विश्वकपमा उत्कृष्ट गोलरक्षक हुँदै ‘बेस्ट गोलकिपिङ ग्लोब’ जितेका मार्टिनेजले स्टेजमा शरीरको तल्लो भागमा प्रदर्शन गरेको ‘जेस्च’ भाइरल बनेको छ ।
गोल्डेन ग्लोब पाएपछि मार्टिनेज दर्शकसामु ट्रफीलाई कम्मरमुनि राखी अश्लील पोज दिएका थिए । वास्तवको उनले यो पोज फ्रेन्च दर्शकलाई लक्षित गर्दै प्रदर्शन गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा उनले फ्रान्सका शतप्रतिशत गोल प्रयासलाई उत्कृष्ट ढंगले बचाउ गरेका थिए ।
साथै, उनले टाइब्रेकरमा फ्रान्सका दुई खेलाडीको प्रहार विफल पारेका थिए । फ्रान्सका दर्शक तथा खेलाडीलाई गिज्याउने उद्देश्यका साथ उनले यस्तो अश्लील क्रियाकलाप गरेका थिए ।