१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

हिल्सा नाका बन्द भएपछि मुचुको तुम्कोट बजार सुनसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:o३:oo

एकताका हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ५  स्थित तुम्कोट बगर सानो तिनो बजार निकै चलेको थियो । तीन वर्षपहिले कोभिड १९ को महामारीले चीनसँग सिमाना जोडिएको हिल्सानाका बन्द भएपछि तुम्कोट बजार अहिले सुनसान देखिएको छ । 

कोराना महामारीले हिल्सा नाकाबाट दैनिक उपभोग्य वस्तु आउन छोडेपछि तुम्कोट बजार सुनसान बनेको हो । कोभिड १९ को महामारीले अहिलेसम्म उत्तरी हिल्सा नाका ठप्प छ । 

विगतका वर्ष मुचुको तुम्कोट बजार सिमकोटदेखि सामान लिन आउने गरेको नाम्खा गाउँपालिका– ५ का डुन्डुप लामाले जानकारी दिए । हिल्सानाका बन्द भएपछि सामानहरू ल्याउन छोडेपछि तुम्कोट बजार सुक्दै गएको लामाले दुखेसो गरे ।

दैनिक उपभोग्य वस्तु लुगाकपडा हिल्सा नाकाबाट आउन छोडेपछि अधिकांशको रोजीरोटी गुमेको लामाको गुनासो छ । नाका नखुलेपछि मुचुको तुम्कोट बजारसमेत अहिले सुनसान हुँदै गएको नाम्खा गाउँपालिका– ५ कै सोनाम छिटोल लामाले बताए । 

‘जिल्लाभरीका मानिस तुम्कोटमा मैदा, कपडा, नुनलगायतका उपभोग्य सामान लिन आउँथे,’ लामाले भनिन्, ‘अहिले बजार सुनसान छ ।’

हिल्सानाको असरले तुम्कोट बजार पनि रित्तिँदै गएको उनको गुनासो छ । दैनिक उपभोग्य वस्तु लिन तीन दिन पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता छ । तुम्कोट बजार रित्तिएपछि मुचु, चाला, यारी, याल्वाङ्गलगायतका क्षेत्रबा कासिन्दाले सास्ती पाउन थालेका छन् । 

ad
ad