राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने–नजाने विषयमा छलफल सुरु भएको बताएका छन्।
उनले अहिलेसम्म दुईवटा पार्टीसँग छलफल भइसकेको र अन्य दलसँग पनि छलफल जारी राखेकाले सबै दलसँगको छलफलपछि सरकारमा जाने वा प्रतिपक्षमै बस्ने निर्णयमा पुग्ने प्रतिक्रिया दिए।
सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भने, ‘सरकारमा को भन्नुभन्दा पनि एजेन्डा जाने हो। हाम्रा केही माग र एजेन्डा छन्। ती माग पूरा हुने स्थितिमा वा पूरा गर्ने प्रतिबद्धता भएको खण्डमा सरकारमा जाने कुरा रहन्छ। सरकारमा उपस्थित हुन मात्र जाने विषय रहँदैन।’