![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/sidhartha2022-12-16-11-42-50.gif)
सिद्धार्थ बैंक लिमिटेडले ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड प्राप्त गरेको छ । न्यु बिजनेस एज प्रालिले आयोजना गरेको सातौँ न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्डस्मा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।
अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्रहण गरेको बैंकले जनाएको छ । आफ्ना ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न प्रेरणा थपिएको बैंकले जनाएको छ ।
बैंकले हाल देशभरमा चार एक्सटेन्सन काउन्टरसहित एक सय ९३ शाखा, दुई सय १५ एटिएम, एक सय १८ शाखारहित बैंकिङ र एक हजार आठ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिइरहेको जनाएको छ ।