१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष १ शुक्रबार १o:१८:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गलालाई चुस्त राख्न के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार १o:१८:oo

- गायनमा लाग्नेहरूले आफ्नो गलालाई चुस्त राख्न जरुरी छ  । जथाभावी बढी अमिलो, पिरो, चिल्लो खान हुँदैन । सन्तुलित भोजन गर्नुपर्छ । आफ्नो गला बिगार्ने खानपानबाट टाढा रहनुपर्छ । 

- आफूलाई मन पर्ने बाजा बजाएर मन पर्ने गीतमा रियाज गर्दा राम्रो हुन्छ । अहिले त इन्टरनेटमै सबै गीत र संगीत फेला पर्छन् । त्यसैले सजिलो पनि छ । 

- गला सुधार्नका लागि दैनिक रियाज जरुरी छ भोकलको रेन्जअनुसार प्राक्टिस गर्नुपर्ने हुन्छ ।

- धुलो, धुवाँबाट बच्नुपर्छ । यसले भोकल कर्डलाई असर गर्न सक्छ । 

- चिसोबाट जोगिनुपर्छ । भर्खरै उठेको वेला भोकल कर्डको अलग कन्डिसन हुन्छ । मर्निङ टाइममा स्वर बस्छ । यस्तो वेलामा प्राक्टिस बिस्तारै गर्नुपर्छ । 

- स्वर भनेको गड गिफ्टेड नै हो । कसैको कस्तो, कसैको कस्तो हुन्छ । रियाज मात्रै गरेर लयमै गाउन सकिएन भने राग जतिसुकै अलापेर पनि केही हुँदैन । त्यसैले आफ्नो भोकलमा कस्तो सुधार ल्याउन चाहने हो, त्यहीअनुसार योजना बनाएर रियाज गर्नुपर्छ । अरूसँग आफ्नो स्वर तुलना गरेर हुँदैन ।