मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर २६ सोमबार ११:o८:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यात्रामा निस्कँदा यी कुरामा ध्यान दिनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार ११:o८:oo
दीपकराज जोशी पूर्वसिइओ नेपाल पर्यटन बोर्ड

आन्तरिक पर्यटकहरूको रोजाइमा शुक्लाफाँटा, खप्तड, बर्दिया, रारा, डोल्पा, पाल्पा, पोखरा, अन्नपूर्ण, लाङटाङ, गोसाइँकुण्ड, मुस्ताङ, जनकपुर, चितवन, दोलखा, धरान, इलामलगायत गन्तव्य पर्ने गरेका छन् । यी क्षेत्रमा खान, बस्नका लागि पर्यटकीय सुविधाहरू रहेकाले सहज र सजिलै जान सकिन्छ । जहाँसुकै घुम्न गए पनि लामो यात्राको योजना बनाउँदा केही कुरालाई भने ख्याल गर्नुपर्ने हुन्छ ।

- गन्तव्यस्थल छनोट गर्ने । 
- आफू जान लागेको गन्तव्यस्थलको पूर्वतयारीसहितको योजना बनाउने ।  
- गन्तव्यस्थलमा खाना, वासको सुविधा भए÷नभएको स्थितिबारे जानकारी लिने । 
- बाटोघाटोको अवस्थाबारे जानकारी लिने । 
- आफू कुन क्षेत्रमा जान लागेको हो, के–के गतिविधि गर्ने हो, त्यसका लागि बजेट आकलन गर्ने । 
- न्यानो कपडा लगाउने (छावा नछिर्ने ज्याकेटसँगै पन्जा र टोपी लगाउने, नत्र चिसोले समाउन सक्छ । 
- ड्राई फ्रुट, प्राथमिक उपचारको किट बोक्ने ।
- स्वास्थ्यवर्द्धक खानपानमा जोड दिने । 
- जथाभावी प्लास्टिकलगायतका फोहोर नफाल्ने । 
- यात्रामा निस्कँदा दिगो पर्यटनका अभ्यास र उत्तरदायी पर्यटनका व्यवहार के हुन् भन्ने कुरालाई ध्यान दिने ।