१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o५:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिडविरुद्धको नि:शुल्क खोप दिने कोभ्याक्स परियोजना बन्द हुँदै  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:५६:oo

विकासोन्मुख देशहरूमा कोभिड महामारी नियन्त्रणका लागि नि:शुल्क खोप दिने कोभ्याक्स परियोजना बन्द गर्ने तयारी भएको छ । गाभी बोर्ड र अन्तर्राष्ट्रिय खोप एजेन्सीले खोपको माग घट्दै गएका कारण कोभ्याक्स परियोजना बन्द गर्ने निर्णय गरेको गाभीले जनाएको छ । 

कोभ्याक्स कार्यक्रमले अत्यन्तै चुनौतीपूर्ण परिस्थितिमा विकासोन्मुख देशहरूमा एक अर्ब ७० करोड डोज खोप अनुदानमा दिएको थियो । खासगरी धनी राष्ट्रहरूको पहुँचमा मात्रै रहेको खोपलाई गरिब राष्ट्रहरूमा समेत पुर्‍याएर महामारी नियन्त्रणमा भूमिका खेलेको थियो । 

गाभीले कोभ्याक्स परियोजना तत्कालका लागि बन्द गरे पनि ५४ गरिब राष्ट्रहरूले बालबालिकाका अन्य खोपमा भने सहयोग गर्नेछ । यस्तै, वृद्धवृद्धाहरूमा बुस्टर डोज पनि नि:शुल्क दिने जनाएको छ । यसबाहेक मध्यम आय भएका अन्य ३४ देशमा आफ्नै कोभिड भ्याक्सिन परियोजना स्थापना गर्न आर्थिक सहयोग गर्ने गाभीले जनाएको हो । 

खोपको विषयमा छलफल गर्न हालै जेनेभामा बसेको बैठकले ग्लोबल कोभिड १९ खोप कार्यक्रम चर्चामा ल्याएको हो । यही क्रममा कोभ्याक्स परियोजना बन्द गर्ने निर्णयबारे गाभीका प्रमुख डा. सेठ बार्कलीले भनेका थिए, ‘आवश्यक ठाउँमा अझै केही समय खोप अनुदानमा दिइनेछ । कोभ्याक्स परीयोजना पूर्णतया बन्द गरिने होइन, आपतकालीन सहयोगबाट मात्रै हटाइएको हो । निम्न आय भएका देशहरूले गाभीअन्तर्गत अन्य अनुदान पाउनेछन् । हाललाई कोभ्याक्स परियोजना गाभीअन्तर्गत रहनेछ ।’ कोभ्याक्सले सहयोग गरेका देशमा हाल औसत ५२ प्रतिशत जनसंख्याले खोप लगाएका छन् । 

कोभ्याक्स परियोजनामा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने गाभीको निर्णयमा कुनै टिप्पणी गरेको छैन । डब्लुएचओले कोभ्याक्सअन्तर्गत कम्तीमा ७० प्रतिशत जनसंख्यालाई खोप वितरण गर्ने लक्ष्य लिएको छ । 

गाभीको निर्णयप्रति असन्तुष्टि
कोभिड खोप नीतिका सल्लाहकारहरूले गाभीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले परियोजना बन्द गर्ने गाभीको निर्णय धेरै छिटो भएको बताएका हुन् । अफ्रिकी देशहरूमा अझै भ्याक्सिन आवश्यक रहेको बताइरहेको छ । विश्वभर कोभिडका बिरामीले अस्पताल भरिँदा र मृत्युदर उच्च हुँदा अफ्रिकाका केही देशमा संक्रमण सुरु मात्रै भएको थियो । कोभ्याक्स परियोजनाले सबै देशलाई समान खोप उपलब्ध गराउने लक्ष्य लिए पनि शक्ति राष्ट्रहरूले समयमा खोप उपलब्ध नगराउँदा महामारी नियन्त्रणमा ल्याउन कठिन भएको आरोप छ । 
 

ad
ad