Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका नवलपरासी
२०७९ मङ्सिर २२ बिहीबार ०८:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बस र ट्रक ठोक्किँदा १७ घाइते, दुईजनाको अवस्था गम्भीर    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
२०७९ मङ्सिर २२ बिहीबार ०८:०३:००

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एक–आपसमा ठोक्किएका थिए ।

बाग्लुङबाट भैरहवाका लागि छुटेको लु.१ख ४६७० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु.२ख ८९३ नम्बरको ट्रक एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेको पाठकले बताए ।

बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फी रूपमा सवारी सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।