मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २२ बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ मङ्सिर २२ बिहीबार o७:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लमजुङमा पुस १२ देखि ३०औँ राष्ट्रव्यापी त्रिवेणी कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २२ बिहीबार o७:४९:oo

आगामी १२ पुसदेखि लमजुङमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा पुस १२ गतेदेखि ३०औँ त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिता हुने भएको हो ।

जिल्लाकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता प्रारम्भिक वर्षहरूमा खेतका गराहरू भाडामा लिएर एउटा खसीसहित तीन हजार रुपैयाँको प्रथम पुरस्कार राखेर आयोजना गरिएको प्रतियोगिता ३० वर्षको अवधिमा प्रथम पुरस्कार पाँच लाख पुगेको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।

त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद पाँच लाख त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने समूहलाई रजत पदकसहित नगद तीन लाख प्रदान गरिनेछ । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०–५० हजार प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।  

अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५–१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन  गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष गुरुङले बताए ।