१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २० मंगलबार १३:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महानगरबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउनुपर्छ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १३:५o:oo

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिकाबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गरेका छन्।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षणपत्र बुझाउँदै उनले यस्तो बताएका हुन्। मेलम्ची खानेपानी आयोजनामा हालसम्म राज्यको ६५ अर्बभन्दा बढी लगानी भइसकेको उल्लेख गर्दै उनले काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख स्राेतको व्यवस्थापनमा राज्यले विशेष जोड दिन आवश्यक भएको औँल्याए।

मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको नेता पौडेलको धारणा छ। ‘६५ अर्बभन्दा बढी राज्यको लगानी भइसकेको छ। काठमाडौंलाई खानेपानी उपलब्ध गराउने एउटा प्रमुख स्राेत हो। यत्रो लगानी भइसकेपछि त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न त्यसको सञ्चालनका निम्ति छुट्टै मेकानिजम हुन आवश्यक छ। काठमाडौं आइसक्यो नियमित चल्छ भनेर त्यसलाई निगरानी नगर्ने स्थिति हुनुहुँदैन। मेलम्ची विकास समितिलाई कायम गरिनुपर्छ,’ उनले भने।

नेता पौडेलले मेलम्चीको पानी काठमाडौं आइसक्यो भनेर छोड्नु नहुने भन्दै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षातको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए।