१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १८ आइतबार १६:२९:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

टेक्ससमा बृहत् सुशोभन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, महजोडी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १८ आइतबार १६:२९:००

अमेरिकाको टेक्सस राज्यको ड्यालासमा समता विद्यालयको सहयोगार्थ आयोजित बृहत् सुशोभन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपालका गरिब तथा जेहेनदार बालबालिकालाई अध्ययनका लागि समता विद्यालयको सहयोगका लागि ‘नेपाली समाज टेक्सस’को पहलमा कार्यक्रम आयोजना गरिएको थियो।

उक्त समारोहमा मह जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई सम्मान गरिएको थियो। कार्यक्रममा ४२ जना समता ग्लोबल सिनेट भएको घोषणा गरिएको थियो। ग्लोबल सिनेट बन्नेहरूलाई महजोडी तथा समता विद्यालयका सञ्चालक तथा संस्थापक उत्तम सञ्जेलले संयुक्त रूपमा प्रमाणपत्र, खादा र बिल्ला समता प्रदान गरेका थिए।

कार्यक्रममा महजोडी, रामकृष्ण ढकालसहित स्थानीय कलाकारले समेत प्रस्तुति दिएका कार्यक्रम संयोजक तथा नेपाली समाज टेक्ससका उपाध्यक्ष किरण पौड्यालले जानकारी दिए।