१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:३८:oo

विराटनगर इन्टरनेसनल कलेजबाट ६२ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले बिएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयमा ती विद्यार्थीलाई दीक्षित गरेको हो । 

तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविष्यमा नयाँ कामको खोजी गर्न सक्ने कलेजले जनाएको छ । दीक्षान्त समारोहमा अभिभावकसँगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफूहरूका लागि अत्यन्तै महत्वपूर्ण र शैक्षिक उन्नयनका लागि मुख्य विषय भएको बताएका थिए । स्नातक तह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोस्ट ग्र्याजुएट तहका लागि इनोभेट नेपाल गु्रपले छात्रवृत्तिको व्यवस्था गरेको जनाइएको छ । 

ती विद्यार्थीले आइएनजी गु्रपले सञ्चालन गरेको काठमाडौंको हेराल्ड कलेजमा इन्टरनेसनल एमबिए अध्ययन गर्न पाउने जनाइएको छ । दीक्षान्त समारोहमा बेलायतको उल्भरहेम्टन विश्वविद्यालयका सहउपकुलपति प्रा. टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गर्दै यो कलेजले विश्वविद्यालयको सपना पूरा भएको बताए । ‘अब बिएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट डिग्री साथै इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट तहको कक्षा सञ्चालन हुँदै छ,’ उनले भने, ‘म यो गौरव गर्न चाहन्छु कि विश्वविद्यालयले सोचअनुसार कलेजले शिक्षा दिन सकेको छ, भविष्यमा देशका लागि उल्लेखनीय काम गर्न मेरो 
सुझाव छ ।’ 

इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले सबै दीक्षित विद्यार्थीलाई कुनै पनि समस्या आउँदा नभाग्न र चुनौतीको सामना गर्न सिक्नुपर्ने बताएका थिए । 

ad
ad