Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १५ बिहीबार २१:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खाणले राउतलाई भने- तपाईंको नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १५ बिहीबार २१:५८:००

गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। 

गृहमन्त्रीको सरकारीनिवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ। 
गृहमन्त्री खाणले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिएका थिए। 
 
दुई नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थिरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको बताइएको छ। भेटका क्रममा गृहमन्त्री खाणले राउतको नयाँ सोच, नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्ने बताए।