Skip This
अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १५ बिहीबार १२:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार १२:१४:oo

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा केही चुनौती बाँकी भए पनि संकट नभएको बताएका हुन्।

‘अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो,’ उनले भने, ‘यद्यपि, केही चुनौती छन्। त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ।’

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको स्पष्ट पारे। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको तर्क छ। ‘हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक संकटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन,’ उनले भने, ‘जे–जति चुनौती छन्, त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ।’ रासस