मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
२०७९ मङ्सिर १५ बिहीबार ११:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुनसरी ४ मा सञ्चारमन्त्री कार्की ११२ मतान्तरले निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार ११:२९:००

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की एक सय १२ मतान्तरले निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीशप्रसाद कुसियतलाई पराजित गर्दै सञ्चारमन्त्रीसमेत रहेका कार्की निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए। 

उनका अनुसार कार्कीले ३० हजार चार सय ८३ मत प्राप्त गर्दा कुसियतले ३० हजार तीन सय ७१ मत पाए। सुरुवाती अग्रता कार्कीले लिए पनि गणना अवधिभरिमा दुवै उम्मेदवारले एकपछि अर्को गर्दै अग्रता लिएका थिए। गत शनिबार निर्वाचन अधिकृतको कार्यालयले एमालेलाई ६०६ मत थप गरेर गणना सार्वजनिक गरेपछि कार्कीले मतगणना रोक्न माग गरेका थिए। पछि सर्वदलीय बैठकमा पनि विवाद उत्पन्न भएपछि अन्ततः निर्वाचन आयोगको निर्देशनअनुसार बाँकी मत गणना भएको हो।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कुसियत ०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत थिए। कार्की ०७४ सालमा भोजपुरबाट सुनसरी आएर निर्वाचित भएका थिए।