मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार १२:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुन बाँकी मतदानमा समाजवादीलाई भोट हालेर राष्ट्रिय पार्टी बनाऊँ : हिमाल शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार १२:१९:००

नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले मतदान हुन बाँकी केन्द्रमा एकीकृत समाजवादीलाई समानुपातिकमा भोट हालेर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्न गठबन्धनलाई सुझाव दिएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता शर्माले यस्तो सुझाव दिएका हुन् । उनले गठबन्धनको बहुमत नपुग्ने अवस्था आएकोप्रति मध्यनजर गर्दै बाँकी गणनामा तीन प्रतिशत पुगोस् भनेर कामना गरौँ, अपुग भए समाजवादीलाई समानुपातिकमा भोट बढाउन सहयोग गर्नु नै उत्तम विकल्प हुने सुझाव दिए ।

उनले लेखेका छन्, ‘पहिलो कुरा अबको  बाँकी गणनामा आफैँ तीन प्रतिशत पुगोस् कामना गरौँ ! थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिह्नमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ !’