१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ११ आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ११ आइतबार १६:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा : माओवादीबाट निर्वाचित १४ उम्मेदवार, अधिकांश ५० मुनिका  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ११ आइतबार १६:o२:oo

बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्रका अधिकांश युवा निर्वाचित भएका छन्। गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन्। माओवादीबाट निर्वाचित अधिकांश प्रदेश सभा सांसद ५० वर्ष कम उमेरका छन्।

रामेछाप निर्वाचन क्षेत्र नं १(१) बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १(२) बाट ४४ वर्षीय युवराज चौलागाईं, सिन्धुली १(१) बाट ४७ वर्षीय मातृकाप्रसाद भट्टराई, सिन्धुली २(२) बाट ५२ वर्षीय गङ्गानारायण श्रेष्ठ, रसुवा १(२) बाट ५१ वर्षीय इन्द्रप्रसाद गोतामे, नुवाकोट १(१) बाट ३९ वर्षीय राधिका तामाङ र नुवाकोट २(१) बाट ७२ वर्षीय रामप्रसाद ढुङ्गाना निर्वाचित भएका छन्। 

काभ्रेपलाञ्चोक १(१) बाट ४१ वर्षीय रत्नप्रसाद ढकाल, सिन्धुपाल्चोक १(२) बाट ४१ वर्षीय सरल सहयात्री पौडेल, सिन्धुपाल्चोक २(१) बाट ३९ वर्षीय युवराज दुलाल, मकवानपुर २(१) बाट ४२ वर्षीय कुमारी मुक्तान, मकवानपुर १(१) बाट ४९ वर्षीय प्रेमबहादुर पुलामी, चितवन (२) बाट ६७ वर्षीय ठाकुरप्रसाद ढकाल, धादिङ १(२) बाट ५१ वर्षीय शालिकराम जम्कट्टेल विजयी हुनुभएको छ। 

जम्कट्टेल हाल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना र ढकाल युवा तथा खेलकुदमन्त्री र तामाङ बागमती प्रदेशको उपसभामुख छन्। 

दुलाल यसअघि बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्री हुन्। सरल सहयात्री माओवादीको बागमती प्रदेशको अध्यक्ष हुन्।  

माओवादीबाट बागमती प्रदेश सभामा उम्मेदवार बनेका चार नेता पराजित भएका छन्। धादिङ क्षेत्र नं १(१) बाट जगतबहादुर सिङ्खडा, चितवन २(१) बाट घनश्याम दाहाल, ललितपुर १(१) बाट हरि दाहाल र लतिलपुर ३(१) बाट राजकाजी महर्जन पराजित हुनुभएको हो। बागमती प्रदेश सभाको प्रत्यक्षतर्फ माओवादीले १८ उम्मेदवार उठाएको थियो। 

यस प्रदेश सभाको कुल ६६ निर्वाचन क्षेत्रमध्ये हालसम्म ६४ स्थानको नतिजा आइसके पनि दोलखाका दुई प्रदेश सभा सदस्यको मतगणना हुन सकेको छैन।

बागमतीमा कांग्रेसका २४, एमालेका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात, नेकपा एकीकृत समाजवादीका पाँच तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका एक-एक उम्मेदवार निर्वाचित भएका छन्।