मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार ०७:१७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमतीको प्रदेशमा ६२ मध्ये  ४० मा गठबन्धनका उम्मेदवार विजयी 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार ०७:१७:००

बागमती प्रदेशमा सरकार बनाउन सत्तागठबन्धनले सहज बहुमत  ल्याउने सम्भावना देखिएको छ । शनिबारसम्म प्रत्यक्षतर्फका ६६ मध्ये ६२ क्षेत्रको मतगणना सकिएको छ जसमा ४० ठाउँमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दोलखा र रामेछापबाहेकका जिल्लामा गतगणना सकिएको हो । ६२ मध्ये २३ स्थानमा जित्दै प्रत्यक्षतर्फ प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । माओवादीले १२ तथा एकीकृत समाजवादीले ५ ठाउँमा जित निकालेका छन् । त्यस्तै, १३ स्थानमा एमाले, सातमा राप्रपा, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी १–१ स्थानमा विजयी भएका छन् । 

मकवानपुरको चार प्रदेश क्षेत्रमध्ये तीनमा गठबन्धनका र एकमा एमाले उम्मेदवार निर्वाचिन भएका छन् । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट माओवादीका प्रेम बहादुर पुलामी छिन्तु र १ (२) बाट एमालेका एकालाल श्रेष्ठ विजयी भएका छन् । यस्तै, प्रदेश सभा क्षेत्र नम्बर २ (१) बाट माओवादीकी कुमारी मोक्तान र २ (२)बाट कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।  

सिन्धुलीका चारै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन क्षेत्र १ (१) मा माओवादीका मातृकाप्रसाद भट्टराई, १ (२) मा कांग्रेसका रामकुमार पहाडी, २ (१) मा कांग्रेसका छत्रबहादुर बम्जन, २ (२) माओवादीको चुनाव चिह्नबाट लडेका गंगानारायण श्रेष्ठ निर्वाचित भएका छन् । 

सिन्धुपाल्चोकमा पनि गठबन्धनले क्लिन स्विप गरेको छ । १ (१) मा कांग्रेसकी मसिना खड्का, १ (२) मा माओवादीका सरल सहयात्री पौडेल र २ (१) मा माओवादीका युवराज दुलाल तथा २ (२) मा कांग्रेसका कृष्णकुमार तामाङ चुनिएका छन् ।    

काभ्रेका चारै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । काभ्रे १ (१) मा माओवादी केन्द्रका रत्न ढकाल, १ (२) मा कांग्रेसका तीर्थ लामा, २ (१) मा एकीकृत समाजवादीका लक्ष्मण लम्साल तथा २ (२) मा कांग्रेसका कञ्चनचन्द्र बादे विजयी भएका छन् ।  

ललितपुरका ६ मध्ये चार क्षेत्रमा एमाले तथा दुईमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।  ललितपुर १ (१) मा एमालेका मधुसुदन पौडेल, १ (२) मा कांग्रेसका मीनकृष्ण महर्जन, २ (१) मा एमालेका रामेश्वर श्रेष्ठ र २ (२) मा कांग्रेसका रामकृष्ण चित्रकार  विजयी भएका छन् । त्यस्तै, ३ (१) मा एमालेका रघुनाथ महर्जन र ३ (२) मा प्रेमभक्त महर्जन विजयी भए । 

भक्तपुरका चार क्षेत्रमध्ये २ मा गठबन्धनका उम्मेदवार, १ मा एमाले र १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी भएका छन् । भक्तपुर १ (१) मा कांग्रेसका सुरेश श्रेष्ठ, १ (२) मा नेमकिपाका सुरेन्द्रराज गोसाईं, भक्तपुर २ (१) मा कांग्रेसका किरण थापामगर तथा २ (२) मा एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् । 

काठमाडौंका प्रदेशका २० सिटमध्ये आठ सिटमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच स्थानमा राप्रपा, चार सिटमा एमाले तथा दुई स्थानमा एकीकृत समाजवादी र  एक स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार विजयी भएका छन् । 

काठमाडौं १ (१) मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ, १ (२) मा सुरजचन्द्र लामिछाने, २ (१) मा राप्रपाका सुनील केसी, २ (२) मा राप्रपाका राजु विष्ट, ३ (१) मा कांग्रेसका छिरिङ दोर्जे तामाङ, ३ (२) मा कांग्रेसका विमल ठकुरी, ४ (१) मा कांग्रेसका श्रीराम लामिछाने, ४ (२) मा एमालेका जयराम थापा विजयी भएका छन् । 

५ (१) मा राप्रपाका राजेन्द्र प्रजापति, ५ (२) मा कांग्रेसका श्यामबहादुर खड्का प्रदेश सभामा निर्वाचित भएका छन् । काठमाडौं ६ (१) मा कांग्रेसकी हरिप्रभा खड्गी, ६ (२) मा कांग्रेसकै अमनकुमार मास्के, ७ (१) मा एकीकृत समाजवादीका वसन्त मानन्धर, ७ (२) मा एमालेका प्रकाश श्रेष्ठले जित निकालेका छन् । ८ (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य, ८ (२) मा राप्रापका उद्धव थापा, ९ (१) मा राप्रपाका नुरन बज्राचार्य, ९ (२) मा एमालेका केशवप्रसाद पोखरेल, १० (१) मा कांग्रेसका पुकार महर्जन र १० (२) मा एकीकृत समाजवादीकी रमा आलेमगर निर्वाचित भएका छन् । 

नुवाकोटका ४  सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन क्षेत्र १ (१) मा माओवादीकी राधिका तामाङ,  १ (२) मा कांग्रेसका रमेशकुमार महत, तथा २ (१) मा माओवादीका रामप्रसाद ढुंगाना र २ (२) मा कांग्रेसका बहादुरसिंह तामाङ निर्वाचित भएका छन् । 

रसुवाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १ (१) मा कांग्रेसका प्रभात तामाङ र १ (२) मा माओवादीका इन्द्रप्रसाद गोतामे विजयी भएका छन् । 

धादिङको चारमध्ये तीन सिटमा गठबन्धन विजयी भएको छ । धादिङ १ (१) मा १ (१) मा कांग्रेसका मधुकुमार श्रेष्ठ, १ (२) मा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, २ (१) मा कांग्रेसका गोविन्द लम्साल र २ (२) मा राप्रपाका डम्बर तामाङ विजयी भएका छन् । 

चितवनका ६ मध्ये तीन सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ (१) मा एमालेका जगन्नाथ थपलिया, १ (२) मा समाजवादीका कृष्णप्रसाद शर्मा खनाल, २ (१) मा एमालेका कृष्णप्रसाद सिलवाल र ३ (१) मा राप्रपाका गिरबहादुर तामाङ विजयी भएका छन् । त्यस्तै, ३ (१) मा राप्रपाका गिरबहादुर तामाङ तथा ३ (२) मा माओवादीका ठाकुरप्रसाद ढकाल निर्वाचित भएका छन् । 

चार जिल्लामा गठबन्धनको क्लिनस्वीप 
बागमती प्रदेशका चार जिल्लामा गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेश सभामा क्लिन स्विप गरेका छन् । सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली र रसुवामा गठबन्धनका सबै उम्मेदवार विजयी भएका हु्न् । काभ्रेमा प्रदेश सभामा गठबन्धनका चारैजना विजयी भए पनि प्रतिनिधिसभामा भने दुईमध्ये एक सिटमा मात्र गठबन्धन विजयी भएको छ । दोलखामा मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विवाद छ भने रामेछापमा गणना सकिएको छैन ।