१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुनसरी २ मा एमालेको जित, भीम आचार्य पुगे प्रतिनिधिसभा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:४o:oo

सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका भीमप्रसाद आचार्य निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका सिताराम मेहतालाई ६ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

आचार्यले ३२ हजार आठ मत ल्याए भने कांग्रेसका मेहेताले २६ हजार ५८ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कुल ९४ हजार ८६८ मत खसेको थियो । जसमा ८८ हजार ५१८ मत सदर भयो भने ६ हजार ६३ मत बदर भएको छ । 

त्यसैगरी, प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर २ (२) मा पनि एमालेका रामप्रसाद महतो निर्वाचित भएका छन् । कुल ४५ हजार ३७९ मतगणना गर्दा महतोले १८ हजार १९१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजिव कोइरालाले १७ हजार ६३७ मत प्राप्त गरे ।

सोही क्षेत्रको प्रदेश सभा (१) मा पनि एमालेका रेवतीरमण भण्डारी निर्वाचित भइसकेका छन् । उनी प्रतिस्पर्धी सत्ता गठबन्धनकातर्फबाट माओवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित गर्दै शुक्रबार नै निर्वाचित भइसकेका हुन् ।

ad
ad