मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार १७:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार १७:०५:००

धरान चतरा सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ रंगशाला चोकमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। साथै अर्का एकजना घाइते भएका छन्।

हेटौँडा –१७ हटियाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्बरको डुक मोटरसाइकल एक आपसमा  ठोक्किएका हुन्।

मृत्यु हुनेमा हेटौँडा-१८ हर्नामाडी ब्रदर्श चोक बस्ने अन्दाजी २८ वर्षका आशिष ढकाल रहेकाे प्रहरीले जनाएकाे छ। उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

मोटरसाइकलमा सवार हेटौँडा-१८ हर्नामाडी ब्रदर्श चोकमै बस्ने अन्दाजी  २९ वर्षका दिपु लामा गम्भीर घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।