मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०९:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेशमा मुख्यमन्त्री दाबी गर्ने कांग्रेस नेता कृष्णा यादव प्रदेशसभामा विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०९:५५:००

नेपाली कांग्रेसको तर्फबाट मधश प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्दै आएका कृष्णा यादव विजयी भएका छन् । उनी रौतहट १ (ख) बाट विजयी भएका हुन् । 

उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८१ मतान्तरले पराजित गरेका छन् । विजयी यादव कांग्रेसको मधेस प्रदेश सभापति समेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गरेका छन् । विजयी यादव भने दुई पटक कांग्रेसका रौतहट सभापति भइसकेका छन् ।